काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट हटाइने भएको छ । गृह मन्त्रालयका अनुसार आइतबार बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकलगतै बस्ने काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गर्ने भएको हो ।

गृह मन्त्रालयले जोरबिजोर प्रणाली हटाउन काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएपछि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।

जोरबिजोरले सार्वजनिक सवारीमा झनै बढी चाप बढेको भन्दै प्रशासनको आलोचना भएपछि हटाइएको थियो । आज बस्ने उपत्यकाका सिडियोहरुको बैठकले निजी सवारीमा जारी जोरबिजोर प्रणाली हटाउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =