सिंहदरबार परिसरमा उडाइयाे कालाे बेलुन, ३ जना पक्राउ

काठमाडाैँ । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।

निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो । निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरू गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट संघ संगठनहरूले निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *