खुले गोकर्णेश्वरका विद्यालय (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विद्यालय खुलेका छन् । नगरपालिकाले आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालय खुलेका हुन् ।

विद्यालय सञ्चालक, अभिभावक एवम् शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको पहलमा नगरपालिकाको शिक्षा शाखाले भौतिक रूपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

आज सरस्वती पूजा परेकोले विद्यालय खोलेर नयाँ भर्ना अभियानका साथै सरस्वती पूजा गरिएको प्याव्सन काठमाडौँका सहसचिव तथा लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकालले मकालुखबरलाई जानकारी दिए ।

उनकाअनुसार भोलिबाट स्वास्थ्य मापदण्ड पालन गरेर नियमित पठनपाठन शुरु गरिनेछ । यसअघि कोरोनाको दोस्रो लहरमा विद्यालय बन्द हुँदा पनि पहिलो पटक भौतिक रूपमा गोकर्णेश्वरले विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *