मन्त्रीको सपथ ग्रहण अवरोध गर्न एमाले निकट विद्यार्थी सडकमा

विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले प्रदेश प्रमुख कार्यालय जाने बाटो अवरोध गरेका छन् । आज बिहान ११ बजे मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएपछि विद्यार्थी त्यसको विरोध गर्दै अवरोध गर्न पुगेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय प्रवेश गर्ने सडक नै अवरोध गरेर नाराबाजी गरेका छन्  । प्रदेश १ मा भइरहेको ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाएको भन्दै विरोधमा उत्रिएको अनेरास्ववियु र युवा संघ नेपालले सपथ ग्रहण कार्यक्रमको विरोध गरेको हो ।

यस अघि पत्रकार सम्मेलन  गर्दै उनीहरूले विराटनगरमा मन्त्रीका कार्यक्रमहरू अवरोध गर्ने चेतावनी दिँदै आएको थिए ।  उनीहरू आज बिहानैदेखि कोशी राजमार्ग अन्तर्गत ढाट नजिकैबाट  प्रदेश प्रमुखको कार्यालय छिर्ने  सहायक सडकमा त्रिपाल ओछ्याएर सडकमा बसेका छन् । उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *