जटिल अवस्थामा रहेका शिशुहरूकाे उपचार गर्दै केएमसी (तस्वीर)

काठमाडाैँ । काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पताल सिनामंगलले देशकै उत्कृष्ट नवजात शिशु उपचार सघन कक्ष सञ्चालन गरिरहेको छ ।

अस्पतालले महिना नपुगी (६-७ महिनामा जन्मने), तौल कम भएका (१००० ग्राम भन्दा मुनि) वा आकस्मिक अवस्थामा अप्रेसन गरेर जन्माएका बच्चाहरूलाई चाहिने ‘इन्क्रुबेटर’ अर्थात् आमाकै पाठेघरको वातावरण भएको अत्याधुनिक मेसिनबाट नवजात शिशुको उपचार गर्दै आएको छ । जसबाट असामान्य नवजात शिशुहरूको उपचार गर्दा उनीहरूलाई सामान्य अवस्थामा ल्याउन अस्पतालले ८० प्रतिशत भन्दा बढी सफलता हासिल गर्दै आएको अस्पतालले जनाएकाे छ ।

हाल नवजात शिशु उपचार सघन कक्षमा १० जना त्यस्ता शिशुहरूको उपचार भइरहेको अस्पतालले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *