कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

सुर्खेत । कर्णाली सरकारले अबको केही दिनमा पूर्णता पाउने भएको छ । गत कार्तिक १६ गते मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका थिए । जीवनबहादुर मुख्यमन्त्री बनेको तीन महीनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

मुख्यमन्त्री शाहीले आज आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आइतवार सरकारलाई पूर्णता दिने बताएका हुन् । मुख्यमन्त्री शाहीले लेखेका छन्, ‘बारम्बार, बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतवारसम्म पाउनु हुने छ मोहदयहरू !’

यस्तै, कर्णाली प्रदेशमा हाल माओवादी र समाजवादीबाट एक/एक जना मन्त्री मात्रै रहेका छन् । एकीकृत समाजवादीबाट डोल्पाका चन्द्रबहादुर शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र माओवादीबाट सुर्खेतका बिन्दमान बिष्ट आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका सुर्खेतका यज्ञबहादुर बुढा (क्षेत्री) र नेपाली कांग्रेस संसदीय दलका सचेतक दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् भने समाजवादीबाट पार्टीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन् । यस्तै, माओवादीबाट मन्त्रीमा गैर-सांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय माओवादीले गरेको छ ।

माओवादीभित्र किचलो

हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि नेकपा माओवादीका सांसद्हरूबीच नै किचलो बढेको छ । भने केही सांसदहरूले विरोध समेत गरेका छन् । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसद्लाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकममा लामै स्टाटस लेख्दै विरोध जनाएको छन् । बिष्टले कर्णालीमा मौलाएको गैर सांसद र गैरराजनैतिक प्रकरणबारे सामाजिक सञ्जाल विराेध जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *