ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाका लागि आवशयक सामग्री प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरे ।

‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =