पत्रकार कमल राईकाे निधन

काठमाडाैँ । पत्रकार कमल राईको निधन भएको छ । राईकाे ४५ वर्षकाे उमेरमा हृदयघातका कारण बिहीवार निधन भएकाे हाे ।

अक्सिजन लेभल कम भएर उनलाई मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पताल भर्ना गरिएको थियो ।  उनलाई अस्पतालमै मृत घाेषणा गरिएकाे नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए ।

उनी काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत थिए ।

 

प्रतिक्रिया

One thought on “पत्रकार कमल राईकाे निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *