सरकारका कारण प्रदेशवासीकाे शिर झुक्याे : पूर्वमुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आलोचना गरेका छन् । गठबन्धन सरकारले केही गर्न नसकेको आरोप लागाउँदै सामाजिक सञ्जाल मार्फत् गठबन्धन सरकारको आललोचना गरेका हुन् ।

अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरूको तीन महिना अत्तोपत्तो नभएको, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको आरोप लगाएका छन् ।

‘अरू प्रदेशमा के-के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ शुरू गर्दै नयाँ-नयाँ किर्तिमानी कार्यहरू गर्न सफल भएको छ, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ती कीर्तिमानी कार्यहरूले प्रदेश र प्रदेशवासी जनता, देश र देशवासी जनताको शिर निहुराउनुसम्म निहुराएको छ ।’

उनले विभिन्न ४ वटा बुँदा सार्वजनिक गर्दै उनको पहिलो बुँदामा प्रदेशमा पालिकाहरू कतिवटा छन भन्ने सरकारको प्रमुखलाई ज्ञान नभएको जानकारी टेलिभजनबाट सार्वजनिक भएको उल्लेख गरेका छन् । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरूको बजेट कटौती गर्दै काले काले मिलेर खाउँ भाले भन्दै मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाएको घोषणा सहित सार्वजनिक भएकोले प्रदेश सरकारको आलोचना गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन् ।

जनताले चुनेको सरकार ढालेर गठबन्धनको नाममा संघीयताको धज्जी उडाउँदै संघीयताको मुटुको रूपमा रहेको प्रदेश संरचनालाई खोक्रो बनाउनले काम भएको राईले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

‘जनताको विकास र समृद्विको आम चाहनामाथि खेलवाड गर्दै मिलिजुली भागबण्डा गरेर खाने काम भएको छ, उनले लेखेका छन्, आफ्ना पार्टी कार्यकर्ता पोस्ने कार्य नांगाे रूपमा भइरहेको छ, यो गम्भीर विषय हो ।’ मन्त्री नियुक्ति नभएको मन्त्रालयमा २/२ जना स्वकीय सचिवको नियुक्ति गरेको भन्दै राईले आलोचना गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *