लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागि ‘प्रो भर्सन’ प्रतियोगिता

काठमाडाैँ । लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागी अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मान्यतामा आधारित रहेको छ । (सम्बन्ध, अन्वेषक, समूह कार्य, उत्तरदायी, प्रगतिशील)  जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ । सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।

यस विषयमा थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस् । सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माई कार्ड आइडिया’, र २०२० मा ‘माई मोबाइल मोनी’ भिडिओ कन्टेस्टमा उत्साहजनक सफलता पाइसकेको छ । बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *