सडक पेटी अतिक्रमण हटाउन मन्त्री नै सडकमा (तस्वीरहरू)

काठमाडाैँ । धोबीखोला कोरिडोरको अतिक्रमित सडक पेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाक्री आफैँ सडकमा उत्रिएकी छन् ।

बिहीवार अनामनगरबाट मन्त्री झाक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्रीसँगै महानगरीय प्रहरी, कामपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरूको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको छ ।

सडकपेटीमा थुपारिएको निर्माण सामाग्री नियन्त्रणमा लिई गुहेश्वरीमा रहेको खाली जग्गामा लगिएर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एकपटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् ।

सडकपेटी खाली गराउन १५ दिनअघि लिखित् एवम् मौखिक सूचना दिएर पनि खाली नगरिएपछि मन्त्री आफैँ फिल्डमा आएर खाली गराउन परेको मन्त्रालयले बताएको छ ।धोबीखोला कोरिडोर अन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताएकी छन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको छ ।

तस्वीरहरूः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *