रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेललाई नियुक्त गरेको छ । कम्पनीले करिब ८ वर्ष विभिन्न बीमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत पोखरेललाई सीईओमा नियुक्त गरेको हो ।

पछिल्लो समय उनी लेखापरीक्षण पेसामा आबद्ध थिए । कम्पनीको माघ १३ गतेको सञ्चालक समितिको बैठकले पोखरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेअनुसार उक्त दिन नै उनले पद सम्हालेको कम्पनीले बताएको छ ।

सीईओ पोखरेलले आगामी दिनमा संस्थालाई थप उचाइमा लगेर बीमा कम्पनीमध्ये उत्कृष्ट बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *