राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक(उपसचिव)सहित १७ कर्मचारीका लागि करार सेवामा विज्ञापन खोलेको छ ।   केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नातकोत्तर वा कम्प्युटर इन्जिनियरमा स्नातकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ।

योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *