कौतुकमय कालिन्चाेक (फाेटाेफिचर)

दाेलखा । दोलखा जिल्लामा पर्ने कालिन्चाेक धार्मिक तथा पर्यटकीय रूपमा आकर्षक गन्तव्य मानिन्छ । कालिन्चाेक भगवतीको मन्दिर रहेको यो ठाउँबाट देखिने हिमशृंखलाको दृष्यले दर्शनार्थीसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू पनि झुम्मिन्छन् ।

हिउँदमा काठमाडौँ लगायत आसपासका ठाउँहरूबाट हिउँ खेल्न आउनेहरूको समेत भिड लाग्ने गर्छ । यहाँ सामान्यतया माघदेखि फाल्गुनकाे पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ ।

कुरी बजारबाट एक घण्टाको उकालो चढेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । अहिले कुरी बजारबाट केवलकार पनि चल्ने गरेको छ । मन्दिर परिसरबाट रोल्वालिङ र लाङटाङ हिमशृंखलाका साथै गौरीशंकर हिमाल पनि हेर्न सकिन्छ ।

समुद्री सतहबाट ३,८४२ मिटरकाे उचाइमा अवस्थित कालिन्चाेक भगवती काठमाडौँको शोभा भगवती, काभ्रेको पलान्चाेक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *