जडीबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि महाप्रबन्धक पदमा दरखास्त विज्ञापन खुलेकाे छ । वन तथा वातावरण मन्त्रालयले  खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिनभित्र दरखास्त पेस गर्न सूचित गरेको छ । आवेदकको उमेर ३०  वर्ष पूरा भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यावसायिक कार्य योजना (बढीमा १५ पेजको) पनि माग गरिएको छ भने व्यावसायिक कार्य योजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *