मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका आन्दोल गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले बिहीवार मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ समेत गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो ।

अनेरास्ववियुले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा केही समय धर्ना समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *