थप ८ हजार १७ जनामा कोरोना पुष्टि, १५ काे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

त्यस्तै, साेही समयमा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै नेपालमा ८ लाख ३७ हजार ४ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *