माइन्युट च्यातेको आरोपमा एक वडाध्यक्ष पक्राउ, अर्का फरार

धनगढी । कार्यपालिका बैठकको निर्णयको च्यातेको आरोपमा बाजुराको त्रिवेणी नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका छन् ।

नगर कार्यपालिकाको निर्णय पुस्तिका च्यातेको र कर्मचारी र जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले उजुरी दिएका थिए ।

शाहको उजुरीपछि प्रहरीले वडाध्यक्ष थापालाई बुधबार पक्राउ गर्दै हिरासतमा राखेको हो । यस्तै वडा नम्बर ९ का वडाध्यक्ष वीरबहादुर विष्टमाथि पनि सोही आरोपमा प्रशासकीय अधिकृत शाहले उजुरी दिएका छन् । विष्ट भने फरार छन् । फरार वडाध्यक्ष विष्टको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए ।

यही माघ १० गते कार्यपालिकाको बैठकको निर्णय दिन थापा र विष्टसहित ६ जना वडाध्यक्ष र तीन जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत शाहसहितलाई धम्की दिएको आरोप छ ।

यसअघि नगरप्रमुख रामसिंह रावलले एकलौटी निर्र्र्णय गरेको आरोप लगाउँदै ६ जना वडाध्यक्षले बैठकको पछिल्लो दिन ११ गते कार्यपालिकामा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *