गण्डकीमा गठबन्धनको क्लिन स्वीप

पोखरा । राष्ट्रि सभा सदस्यको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका कमला पन्त, सुरेशकुमार आले र भुवन सुनार विजयी भएका हुन् । महिला कोटामा पन्तले २९ सांसद र ९४ स्थानीय जनप्रतिनिधिको मत पाउँदा निकटतम प्रतिश्पर्धी लिला थनेतले २९ सांसद र ७४ जनप्रतिनिधिको मात्रै मत पाईन् । खुला कोटामा आलेलाई ३० सांसद र ९२ जना स्थानीय जनप्रतिनिधिले मतदान गरेका छन् भने एमाले उम्मेद्वार पुण्य पौडेललाई २८ सांसद र ७५ स्थानीय जनप्रतिनिधिले मत दिए ।

दलित कोटामा पनि सुनारलाई २९ सांसद र ९२ स्थानीय जनप्रतिनिधिले मत दिँदा एमालेका अर्जुन सुनामको पक्षमा २९ सांसद र ७४ जनप्रतिनिधिको मात्रै मत पर्‍यो । दलितमा ३, खुलामा २ र महिलामा १ मत बदर भएको छ । सबै पदमा १ जना सांसदले मत नदिई मतपत्र खसालेका निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा गठबन्धनबाट महिला र दलितमा ७ मत र खुलामा ६ मत क्रस भएको छ । यहाँ राप्रपाका दुईमध्ये १ जनाले मतदान गरेका छन् भने १ जनाले पार्टीको निर्देशन अनुसार नै मतदानमा सहभागी भएनन् । मतदानको अन्तिम समयमा बेनी नगरकी उपमेयर सन्जु बरुवालले पार्टीको निर्देशन अटेर गरी मतदान गरेकी हुन् । ३ पदका लागि भएको निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा थियो भने कांग्रेसको नेतृत्वमा ४ राजनीतिक दलको सत्ता गठबन्धन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =