मधेशबाट गठबन्धनकी अर्याल विजयी

काठमाडौँ । मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्। महिलातर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।

एमाले–लोसपा गठबन्धनकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार पाइन् । मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तहतर्फका १६ मतदाताको मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *