गण्डकीमा मतदान सकियो, २ मत खसेन

पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीमा मतदान सकिएको छ । ३ पदका लागि ६ उम्मेद्वार छन् । यहाँ २२९ मत मध्ये २ मत खसेन । लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट र बागलुङ नगरपालिका उपाध्यक्ष सुरेन्द्र केसीले मतदनन नगरेका हुन् ।

बिष्ट अमेरिका छन् भने केसी पार्टी ह्वीप अनुसार मतदानमा सहभागी भएनन् । राप्रपाले गण्डकीमा मतदान नगर्ने निर्णय गरेको थियो । केसी राप्रपाबाट निर्वाचित भएका हुन् । राप्रपाबाटै निर्वाचित बेनीकी उपमेयरले भने मतदान गरेकी छिन् । उनी पार्टी ह्वीप बिपरित मत हाल्न पोखरा आएकी हुन् ।

यहाँ ५९ सांसद र १७० स्थीय तहका प्रमुख उपप्रमुख छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =