शिक्षक बढुवाका लागि आयोगले माग्याे दरखास्त

काठमाडौँ । शिक्षक बढुवाका लागि प्रक्रिया शुरू भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो ।

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्याङ्कनका आधारमा  ७५ प्रतिशत हुने गरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ ।

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस  गर्न सक्नेछन् । आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *