उपत्यकामा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *