मंगलबार नेप्से र कारोबार दुबै घट्यो

काठमाडौँ । मंगलबारको सेयर बजार घटेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको हो ।

यस दिन नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ भने कारोबार रकम पनि सोमबारको तुलनामा घटेर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँको मात्र कारोबार भएको छ । यो सोमबारको तुलनामा झण्डै ३ अर्ब  कम हो ।

बजार घटे पनि मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था,  बुद्धभूमि हाइड्रोपावर, पोखरा फाइनान्स लगायतको सेयर मुल्य बढेको छ । भने गोर्खाज फाइनान्स, समता लघुवित्त, समिट लघुवित्त, चन्दागिरी हिल्स लगायत कम्पनीको सेयर मुल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *