५ सयले बढ्यो सुनको मूल्य

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेर ९४ हजार पुगेको छ । अघिल्लो दिन सुनकाे काराेबार प्रतितोला ९३ हजार ५०० मा भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला एक हजार ३०० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *