मैदान प्रवेश गर्न खोज्दा भएको दुर्घटनामा ६ जनाको मृत्यु 

काठमाडाैँ । क्यामरुनमा फुटबल मैदान प्रवेशका क्रममा भएको ठेलमठेल र अनियन्त्रित भिडका कारण ६ जनाको मृत्यु भएको छ । अफ्रिकी कप अफ नेशन्स प्रतियोगिताका क्रममा आयोजक क्यामरुन र कोमोरोसबीचको प्रि-क्वाटरफाइनल खेल हेर्न मैदान बाहिर पुगेका दर्शकबिच मैदान प्रवेशको प्रयासमा भएको एक घटनामा ६ जनको मृत्यु भएको छ भने दर्जनबढी घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार मृत्यु र घाइतेको सङ्ख्या थप बढ्न सक्ने छ । सार्वजनिक भएको एक भिडियो फुटेजमा राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शकहरू मैदान प्रवेशका लागि ठेलमठेल र संघर्ष गरिरहेको देखिन्छ ।

घाइते हुनेहरूमा ठुलो सङ्ख्यामा रहेका बच्चाहरू समेत छन् । उनीहरू बेहोस बनेको जनाइएको छ । स्टेडियमको क्षमता ६० हजार भएपनि कोभिडका कारण ८० प्रतिशत समर्थकलाई मैदान प्रवेशको अनुमति रहेको थियो । खेल अधिकारीहरूका अनुसार करिब ५० हजार समर्थकहरू मैदान प्रवेशको प्रयासमा संघर्ष गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *