मुस्ताङ जाने बाटो दैनिक ६ घण्टा बन्द हुने

पोखरा । मुस्ताङ जोड्ने एक मात्रै सडक बेनी–जोमसोमको म्याग्दी खण्ड स्तरोन्नती सुरु भएको छ । सडकको कालोपत्रे गर्ने ठेक्का अनुसार काम अघि बढेको हो । अब दैनिक ६ घण्टा सडक बन्द गरेर स्तरोन्नतीको काम गरिने आयोजनाले जनाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागु गरिएको हो ।

सोमबारदेखि २१ गतेसम्म दुई सीफ्टमा बाटो बन्द हुनेछ । विहान ८ देखि ११ बजेसम्म र दिउँसो १ देखि ४ बजेसम्म गाडी आवातजावत नै रोकेर निर्माणको काम गरिने आयोजनाले जनाएको छ । नेपालको उत्तर दक्षिण कोरिडोर अन्तर्गतको यो सडक बेनीदेखि कोरलासम्म १२ खण्डमा छुट्याएर स्तरोन्नती गरिएको छ । ६ वटा खण्डको काम सकिएको छ भने बाँकी खण्डमा काम भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *