बुलबुले उद्यान बन्द

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको बुलबुले उद्यान (पार्क)मा जान रोक लगाइएको छ ।

पर्यटकका लागि आकर्षणकाे केन्द्रका रूपमा रहेको बुलबुले उद्यानमा कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगैजाव आवजतका लागि रोक लगाएको हो ।

सुर्खेत उपत्यका नगर विकास समितिले आइतबार सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।

सूचनामा भनिएकाे छ, ‘काभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोगथाम र नियन्त्रणमा थप प्रभावकारी कोभिड–१९ को एसीएमसी सिफारिस तथा गृह मन्त्रालयको निर्णयन अनुसार २०७८ माग १ गते भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्णय अनुसार माग ९ गतेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि बुलबुले उद्यान (पार्क) बन्द गरिएको ब्यहाेरा जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *