जोरबिजोर प्रणाली : चेकिङमा थप कडाइ (तस्वीरहरू)

काठमाडाैँ । सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै शुक्रवार मध्यरातिदेखि काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनहरूमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बर भएका सवारीसाधन मात्र गुड्न पाउने नियमअनुसार सवारीसाधन गुडेकाले ट्राफिक प्रहरीले चेकिङमा थप कडाइ गरेको हो ।

बिना परिचयपत्र वा बिना काम गुड्ने त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएर केही बेर होल्डमा राखी सम्झाइबुझाइ पठाउने गरिएको प्रहरीले बताएको छ ।

जोरबिजोर प्रणाली लागू गरिएसँगै उपत्यकामा सवारीसाधनको चापमा केही कमी आएको ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *