पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न काउन्सिलकाे माग

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हाे ।

श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै काउन्सिलले एलबी कार्यरत टिभी टुडे एचडीकाे कार्यालयमा समेत अनुगमन गरेकाे छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र दीपक पाण्डे, निमित्त मुख्य अधिकृत दीपक खनाल, अधिकृत गीता पराजुली र अनुगमनकर्ता विपुल पाण्डेसहितको टोलीले टिभी टुडेको पेप्सीकोलास्थित कार्यालयमा पुगी उनकाे तबल, सुविधाका विषयमा अनुगमन गरेको हो ।

प्रेस विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *