सेयर बजार करिब ११ अंकले ओरालाे

काठमाडौँ । नेपालको सेयर बजार आइतबार करिब ११ अंक घटेको छ । कारोबार भएका १३ मध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा पुगेको छ ।

आइतबार २३२ कम्पनीको ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता सेयर कारोबार भएको छ।

आइतबार वित्त उपसमूहको परिसूचक २.७७ प्रतिशत तथा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको यस दिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपी पावरको १९ करोडभन्दा बढी तथा एनआईसी एसिया र शिखर इन्स्योरेन्सको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *