क्रिप्टोकरेन्सीबाट कारोबार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । क्रिप्टोकरेन्सी र बिटक्वाइनबाट कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार मीनभवनबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका–११ घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौँ–११ बस्ने २७ वर्षीय दीपेनराज श्रेष्ठ छन् ।

भट्टराईले हालसम्म ९७५ जनासँग १ हजार ९२६ पटक कारोबार गरेको र उनले मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँको कारोबार गरेको महाशाखाले जनाएको छ । बाँकी दुई जनाको कारोबारबारे भने महाशाखाले केही बताएको छैन । पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *