इटहरीमा चार करोड बढीको लागतमा पुल निर्माण शुरु

विराटनगर । ईटहरी र ईनरुवा जोड्ने पक्की पुलको सिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका १५ स्थित भोटिया खोलामा पूल निर्माणको लागि शिलान्यास भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४ करोड १६ लाख ४१ हजारको लागतमा पूल निमार्णको सम्झौता भएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ । पुल शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पुल निर्माणपछि स्थानीयलाई राहत हुने बताए ।

व्यवसायीक रुपमा खेती गर्ने यस क्षेत्रका किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउनका लागि स्थानीयको मागलाई मध्यनगर गरेर पुल निर्माणको काम शुरु भएको उनले बताए । उपमहानगरले तीन वर्षको रकम जुटाएर पूल निर्माण थालेको उनको भनाई छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । नागरिकको चाहनाका आधारमा विकासका योजनाहरु बन्ने गरेकाले नागरिकको आवश्यकतालाई ध्यान दिएर पुल निर्माणको लागि सम्झौता भएर निर्माण शुरु भएको सुवेदीले बताए ।

वडा नम्वर १५ का जनप्रतिनिधि सुवोध नारायण चौधरी र अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या हरेक वर्ष उठ्दै आएको र पुल निर्माण शुरु भएसँगै त्यो समस्या समाधान तर्फ गएको बताए । इटहरी उपमहानगरपालिकाको पूल निर्माणको ठूलो योजना हो । साढे चार वर्षको अवधिमा इटहरीमा दुई ठूलासहित १९ वटा पूल निर्माण भएका छन् । भोटिया खोलासहित दुई वटा ठूला पूल योजना अहिले संचालित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *