भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

काठमाडौँ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।

स्थगित परीक्षा परिस्थिति सहज हुने बित्तिकै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ । यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *