आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य

काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रामा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने र त्यो पनि सम्बन्धी एयरलाइन्सकै खर्चमा हुनुपर्ने निर्देशन दिएको थियो ।

तर, छोटो दुरीको हवाई यात्रामा यो व्यवस्था अव्यवहारिक हुने भन्दै निजी वायु सेवा संचालकहरूले विरोध गरेका थिए । गृह मन्त्रालयमा बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा संचालकहरूलाई गराएको छ ।

सोही सहमतिको आधारमा वायुसेवा संचालक संघ नेपालले आफ्ना सदस्यहरूलाई ४ बुँदे सुरक्षा मापदण्ड अवलम्बन गर्न निर्देशिका जारी गरेको छ । संघले जारी गरेको निर्देशिकामा हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक–इन, बोडिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र स्वास्थ्यका मापदण्ड लागू गर्ने रहेको छ ।

यस्तै, हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने छ । खोप कार्ड मोबाइलमा फोटो देखाएपनि हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *