राष्ट्रिय सभा चुनावमा एमाले-लाेसपाबीच गठबन्धन हुने

जनकपुरधाम। आउँदाे माघ १२ गते हुने तय भएको राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी गठबन्धन हुने भएकाे छ । बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गरी एमाले र लोसपाले राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा गठबन्धन हुने घोषणा गरेका हुन् ।

गठबन्धनपछि एमालेकी विना देवीले उम्मेदवारी फिर्ता लिएकी छन् । अब एमालेका उसमान अन्सारी तथा लोसपाकी रुपा यादव उम्मेदवार रहनेछन् ।

यससम्बन्धि सम्झौतामा एमालेका मधेश प्रदेश संयोजक रामऔतार यादव र लोसपाका मधेश प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।

सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ ।

१ सय ४ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा जसपाका ३९, लोसपाका १६, एमालेका ८, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद छन् । यसका साथै पालिकाका प्रमुख र उपप्रमुख २ सय ६८ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *