एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन प्रतितोला १ हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो ।

बुधबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *