मास्क कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ

हेटौँडा । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले बुधबार हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =