लोकेस राहुल लखनउमा अनुबन्ध, कुन कुन खेलाडीले फेरे टिम ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ लखनउले तीनजना खेलाडीलाई अनुबन्ध गरेको छ । केएल राहुलललाई १५ करोड भारतीय रुपैंयामा लखनउले अनुबन्ध गरेको इएसपीएन क्रिक इन्फोले जनाएको छ। त्यस्तै मार्कस स्टोइनिसलाई ११ करोड र रवि बिश्वोइलाई ४ करोड भारतीय रुपैयामा अनुबन्ध गरेको हो।

लखनउमा आबद्ध भएका राहुलले कप्तानको रुपमा आईपीएल जित्न नसकेपनि ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्दै आएका छन् । राहुलले आईपीएलका पछिल्ला चार सिजनमा ५५ खेल खेल्दै २५४८ रन बनाएका छन् । आईपीएल २०२० मा उनले सर्बाधिक रन बनाउँदै ओरेन्ज क्यापनै जितेका थिए।

स्टोइनिसले पनि दिल्ली क्यापिटल्सका लागि तीन सिजनमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आईपीएलमा उनले ५६ खेलमा १३५.८१ को स्ट्राइक रेटमा ९१४ रन बनाएका छन् । उनले ३० विकेट समेत लिएका छन् । त्यस्तै रवि विश्वोइले पनि २३ खेलमा २४ विकेट लिएका छन्।

हार्दिक अहमदबादको क्याप्टेन !

आईपीएलको अर्को नयाँ टीमका रुपमा रहेको अहमदाबादले सोमबारनै तीन खेलाडीलाई अनुबन्ध गरेको छ । अहमदाबादले हार्दिक पान्ड्या र राशिद खानलाई समान १५-१५ करोडमा अनुबन्ध गर्दा शुभमन गिललाई ७ करोडमा अनुबन्ध गरिएको दाबि गरिएको छ। हार्दिक अहमदाबादको कप्तानका रुपमा रहनेछन् ।
तस्बीर-क्रिकइन्फो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *