पूर्व मुख्यमन्त्री गुरुङलाई कोरोना सङ्क्रमण

पोखरा । गण्डकीका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कोरोना सङ्क्रमित भएका छन् । सामान्य लक्षणका आधारमा गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनले फेसबुक पेजमा स्ट्याटस लेख्दै आफूसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन सुझाएका छन् । ‘कोभिड सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छु । अफ्ठेरो महसुस नभए पनि आराममै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबैजनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ,’ गुरुङले भने ।

राजनीतिक पार्टीका महाधिवेशन र विभिन्न कार्यक्रमले कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । एमालेको जिल्ला अधिवेशन भर्खरै सकिएको छ । कास्की जिल्ला अधिवेशनमा सहभागी अधिकांश नेताहरू अहिले सङ्क्रमित भएर आराम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *