मानहुँकोट बतासलाई नदिन सर्वोच्चको आदेश

पोखरा । तनहुँको मानहुँकोट व्यावसायिक कम्पनी बतासलाई नदिन सर्वोच्चले आदेश दिएको छ । व्यास नगरपालिका वडा नम्बर ५ र म्याग्दे गाउँपालिका १ मा पर्ने डाँडामा बतासले केबलकार, जीपलाइन सहित पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार सम्झौताको तयारीमा थियो ।

उक्त जग्गा भाडामा नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको हो । व्यास नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन रोक्न आदेशको माग गर्दै अधिवक्ता रामचन्द्र पौडेलले रिट दायर गरेका थिए ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । नगरपालिकाको केही समयअघि बसेको कार्यपालिका बैठकले उक्त जग्गा लिजमा दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *