शेयर बजारमा झण्डै २१ अंकको वृद्धि

काठमाडौँ । सोमबार सेयर कारोबारमा २० दशमलव ६४ अंकको वृद्धि भएको छ । कारोबार बढेपछि कारोबारको परिसूचक २९४७ दशमलव ३८ बिन्दुमा पुगेको हो ।

यसदिन बैंकिङ समूहको १९ दशमलव ४६, जलविद्युत ५५ दशमलव ९४, जीवन बीमा ८० दशमलव २७, उत्पादन तथा प्रशोधन ९९ दशमलव ३२, निर्जीबन बीमा ५० दशमलव ४१ र अन्य समूहको परिसूचक २३ दशमलव ८६ अंकले बढेको छ ।

तर विकास बैंक समुह २३ दशमलव ३३ र माइक्रोफाइनान्स समूह ६ दशमलव ५४ अंकले घटेको छ । मध्य भोटेकोशी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *