ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु 

काठमाडौँ । चितवनमा हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट एक जना सैनिकको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा शनिबार बेलुका करिब ७ बजेतिर साइकल गस्तीमा रहेका सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

हात्तीले कुल्चिएर घाइते भएका सैनिकको भरतपुर अ स्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । निकुञ्जले सैनिक जवानको नाम भने खुलाएको छैन ।

केही समयदेखि शान्त रहेको ध्रुवे हात्तीले ध्रुवेको आक्रमणमा परि केही वर्ष अघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको मृत्यु भएको थियो । त्यसपछि ध्रुवेको खोजी तीव्र पारे पनि फेला पार्न सकिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *