स्वर्णपदक पाएको चर्चित मुसोको मृत्युपछि…

भूमिगत धराप (ल्याण्डमाइन) पत्ता लगाएर स्वर्ण पदक प्राप्त एक मुसाको कम्बोडियामा मृत्यु भएको छ । मगावा नामको उक्त मुसालाई कम्बोडियाका भित्री गाउँमा भएका भूमिगत धराप पत्ता लगाएबापत राष्ट्रिय नायक घोषणा गरिएको थियो ।

झण्डै ४२ वटा फुटबल मैदान जति हुने २ लाख २५ हजार वर्ग मिटर क्षेत्रमा भूमिगत धराप पत्ता लगाएकोमा मगावालाई सम्मान गरिएको बेलायती अखबार द गार्जियनको अनलाइनमा उल्लेख गरिएको छ । मगावाको आठ वर्षको उमेरमा मृत्यु भएको मगावालाई तालिम दिएको बेल्जियमको गैरनाफामुलक संस्था अपोपोले जनाएको छ ।

मगावा बेलायतको भेटेरिनरी क्षेत्रको गैरनाफामुलक संस्था पीडीएसएबाट अवार्ड पाउने पहिलो मुसोसमेत हो । सन् १९९८ बाट सुरु भएको कम्बोडियाको तीन दशक लामो गृहयुद्धमा धेरै भूमिगत धरापहरू बिच्छ्याइएका थिए । जसका कारण हजारौँको ज्यान गएको थियो ।

गत सोमबारमात्रै कम्बोडियामा भूमिगत धराप हटाउने क्षेत्रमा काम गर्ने दुई प्राविधिकको ज्यान गएको थियो । त्यसलगत्तै आफ्नो खेतमा पात पतिंगर जलाउने क्रममा एकजना किसानकोसमेत ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *