कालीमाटीमा तरुल बेच्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौँ । माघे सङ्क्रान्ति आउनै लाग्दा माघे सङ्क्रान्तिमा बेचिने सामग्रीको कारोबार पनि बढेको छ । माघे सङ्क्रान्तिमा विशेष गरी तरुल, तिलको लड्डु, ध्यू, चाकु, सखरखण्डलगायत खाने चलन छ ।

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुलको माग पनि बढेको व्यापारीहरू बताउँछन् । मागलाई धान्न अहिले कालीमाटीस्थित थोक तरकारी बजारमा देशका विभिन्न भागबाट ठूलो मात्रामा तरुल ल्याइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा हरेक वर्ष माघे सङ्क्रान्तिमा २० देखि २५ लाख रुपैयाँसम्मको तरुलको व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् ।

अहिले कालीमाटी तरकारी बजारमा तरुलको आकार र जातअनुसार प्रति ढक (५ केजी) को २ सयदेखि ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *