नेप्से ५४ अकंले बढ्यो, साढे ६ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ५४.१२ अङ्क बढेको छ । बुधबार नेप्से ३० अकंले घट्कादा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ खरिदबिक्री भएको थियो ।

बिहीबार भने कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.९३ प्रतिशतले बढेर २८५७.७५ बिन्दुमा उक्लिएको छ । सेन्सेटिभ इन्डेक्स ८.९४ अङ्कले बढेर ५३०.८३ बिन्दुमा पुगेको छ ।

यस दिन २ सय २४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन मध्य भोटेकोशीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.३५ अंकले बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *