पोखराको पञ्चासेमा हिमपात 

पोखरा । कास्कीको पोखरा महानगरपालिका २३ पञ्चासेमा हिमपात भएको छ । बुधबार साँझ त्यहाँ हिउँ परेको हो ।

कास्कीका अन्य पर्यटकीयस्थलहरूमा पनि हिमपात भएको स्थानीयहरूले बताएका छन् । पञ्चासेमा हिउँ परेको पोखराको लेकसाइडबाट प्रस्ट देख्न सकिन्छ ।

पञ्चासेमा हिउँ खेल्नका लागि पोखराबाट युवापुस्ता त्यस तर्फ गएका छन् ।  बुधबार साँझ हल्का वर्षा भएको थियो । वर्षा पछि पोखरामा मौसम पनि चिसिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *