प्रदेशको सुरक्षाका लागि सीमानाकामा कडाइ, १ हजार वेडको होल्डिङ सेण्टर बनाइने

पोखरा । कोभिड–१९ को तेश्रो भेरियण्टबाट जोगिन गण्डकी सरकारले सीमानाकामा कडाई गरेको छ । प्रवेशविन्दु तनहुँको आँबुखैरेनी, स्याङजाको रामदी, नवलपुरको विनयी त्रिवेणीमा चेकजाँचलाई कडा गरेको हो ।

तीनै नाकामा स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्र बनाएर कर्मचारीको व्यवस्थापन गर्न लागिएको सरकारले जनाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको अध्यक्षतामा बसेको उच्चस्तरीय निर्देशक समितिको बैठकले कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन समिति र स्थानीय तहरुलाई निर्देशन दिएको छ ।

उक्त निर्देशनपछि जिल्ला प्रशासनले आवश्यक्ताका आधारमा स्मार्ट लकडाउन गर्न सक्ने छन् । यस्तै, प्रदेशमा सबै प्रकारका भेला, मेला, महोत्सव नगर्न नगराउन आह्वान गरिएको छ । बैठकले माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क प्रवेश गर्न कोभिड १९ विरुद्धको खोपको कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

कोभिडलाई नै मध्येनजर गरेर प्रदेश सरकारले १ हजार वेड क्षमताको होल्डिङ सेण्टर बनाउन लागेको छ । तनहुँस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको स्टोर रुमलाई होल्डिङ सेण्टर बनाउन छलफल भैरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेशभर रहेका आइसोलेसन केन्द्रलाई क्रियाशील बनाउने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *