सांसदकै हैसियत दिने गरी गण्डकी सरकारले ३ जनालाई सम्मान गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३ विशेष नागरिकलाई गण्डकी रत्नबाट सम्मान गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले तीनजनालाई सम्मान गर्ने कार्यविधि पास गरेको हो । सम्मानित हुनेले सांसद सरहकै हैसियत पाउनेछन् भने वृद्धावस्थामा संरक्षक नभए सरकारले संरक्षण गर्ने छ । विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरिएको प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए ।

प्रदेश भित्र रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाज सेवालगायतका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाउन सहयोग गर्ने व्यक्तिलाई सम्मान गर्न लागिएको हो । यस्तो सम्मान वर्षेनी हुने बताइएको छ । ‘गण्डकी रत्न’ छनोट गर्न प्रवक्ता खड्काकै अध्यक्षतामा सफारिस समिति बनेको छ । समितिको सदस्यहरुमा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री, प्रदेशका प्रमुख सचिव सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मानको रुपमा व्याख्या गरेको छ । सम्मानित व्यक्तिलाई सार्वजनिक स्थलहरुमा प्रदेश सांसद बराबरकै हैसियत दिईएको छ भने प्रदेश अस्पतालमा निःशुल्क उपचार सुविधा दिइने छ । उनीहरुले प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न समेत पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *