नेप्से ३० अकंले घट्यो, कारोबार रकम ८ अर्बभन्दा बढी

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ३०.५१ अङ्क घढेको छ । मंगलबार सेयर बजार ४९ अकंले बढ्दा ६ अर्ब ७२ करोड बढिको कारोबार भएको थियो ।

बुधबार भने कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.०८ प्रतिशतले घटेर २८०३.६२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ७.०४ अङ्कले घटेर ५२१.८३ बिन्दुमा पुगेको छ ।

बुधबार २ सय २९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ खरिदबिक्री भएको छ ।

यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । भने कर्पोरेट विकास बैंक लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

नारायणी विकास बैंक लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *